देवानगजञ्ज गाउँपालिका राष्ट्रकाे नयाँ संरचना अनुसार सीमामा पर्ने एउटा स्थानीय तह हाे । विभिन्न ५ वटा साविककाे गाविसहरूलाई मिलाएर याे गाउँपालिका बनेकाे छ । नेपालका ७५३ स्थानीय तह मध्ये सुनसरीमा १२ वटा स्थानीय तह रहेका छन् जस मध्ये देवानगञ्ज पनि एक हाे । याे गाउँपालिका पूर्ण मधेशी, मुस्लीम, दलित र जनजातीकाे वाहुल्यता भएकाे क्षेत्र हाे । देवानगञ्ज गाउँपालिकामा साविककाे राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज गाविसलाई मिलाएकाे छ । याे गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाकाे दक्षिणी सिमा भारतकाे विहार राज्यकाे अररिया जिल्ला सँग जाेडीएकाे छ । ग्रामिण परिवेश